नेपालको सार्वजनिक प्रशासनमा ट्रेड युनियन अधिकार एउटा यस्तो दुईधारे तरबार बनेको छ, जसले एकातिर कर्मचारीको सामूहिक सौदाबाजीको हकलाई सुरक्षित गरेको छ भने अर्कोतिर सुशासनको मेरुदण्ड मानिने कर्मचारीतन्त्रको तटस्थतालाई क्षतविक्षत पारेको छ। नेपालको संविधानको धारा ३४ (३) ले “प्रत्येक श्रमिकलाई कानुन बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने र सामूहिक सौदाबाजी गर्न पाउने हक हुनेछ।” भन्ने स्पष्ट व्यवस्था गरेको छ।
ट्रेड युनियनवादका प्रमुख सिद्धान्त र दृष्टिकोणहरू
ट्रेड युनियनवादका बारेमा विश्वविख्यात विद्वानहरूका विविध मतहरू रहेका छन्। सिड्नी वेब र बियाट्रिस वेब ले ट्रेड युनियनलाई “ए कन्टिन्युअस एसोसिएसन अफ वेज अर्नर्स फर द पर्पोज अफ मेन्टेनिङ अर इम्प्रुभिङ द कन्डिसन्स अफ देयर वर्किङ लाइभ्स।” भनी परिभाषित गरेका छन्।