गर्विलो वर्तमान, आसलाग्दो भविष्य

गर्विलो वर्तमान, आसलाग्दो भविष्य

लोक सेवा आयोगको मुख्य जिम्मेवारी सार्वजनिक सेवाका पदमा कर्मचारी छनोट प्रक्रियामा निष्पक्षता र योग्यता सुनिश्चित गर्नु थियो । केन्द्रीकृत राजतन्त्रबाट हाल सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्मका विभिन्न उतार–चढावले आयोगको संस्थागत क्षमता पनि अभिवृद्धि गर्दै लगेका छन् । विसं २०१७ मा आयोगका कामकारबाही निलम्बनमा राख्नेदेखि आयोगको कार्यक्षेत्रमा सुरक्षा निकाय तथा सार्वजनिक संस्थानको काम राख्ने र हटाउने क्रम पनि चल्यो । हाल यी सबै निकायमा पदपूर्तिका लागि लिइने परीक्षा र त्यसको नीतिगत प्रबन्धका लागि आयोगलाई संवैधानिक जिम्मेवारी प्राप्त छ । मुलुक सङ्घीय शासन प्रणालीमा गएपश्चात् नेपाल सरकारको विशेष अनुरोधमा निकै छोटो अवधिमा आयोगले संवैधानिक जिम्मेवारी वाहेकको स्थानीय सरकारका लागि नौ हजार १६१ कर्मचारी छनोट गरी नियुक्तिका लागि पठायो । यसले आयोगको प्रशासनिक सक्षमता मात्र पुष्टि गरेन, नयाँ सङ्घीय प्रशासनिक संरचना संस्थागत गर्नसमेत ठुलो सघाउ पुर्यायो ।

वर्तमान सशक्त पक्ष

प्रक्रियागत अनुशासन, संस्थागत संस्कृति र संवैधानिक सुरक्षालगायतका पूर्वाधारका कारण आयोग जनविश्वास प्राप्त पद्धतिमा आधारित संस्थाका रूपमा स्थापित भएको छ । प्रश्नपत्र तयार गर्ने प्रक्रियादेखि परीक्षा सञ्चालन र नतिजा प्रकाशनसम्मका प्रक्रियामा कडा निगरानी र सुस्पष्ट प्रक्रियाका कारण आयोग अनियमितताबाट टाढा रहन सफल भएको छ ।

🌐 यो लेख धेरै भाषाहरूमा उपलब्ध छ। माथिको भाषा चयनकर्ता प्रयोग गरी स्विच गर्नुहोस्।

👁️ 32 पटक हेरिएको
📅 Apr 20, 2026
← अघिल्लो लेख शैक्षिक संस्थाबाट राजनीति प्रतिबन्धको भ्रम सबै लेखहरू अर्को लेख → अदृश्य युद्धक्षेत्र: के मोबाइल फोन र विद्युतीय घण्टीहरू जासुस हुन् ?