शिक्षालयहरूलाई ‘राजनीति निषेधित क्षेत्र’ होइन, ‘दलीय हस्तक्षेप मुक्तक्षेत्र’ बनाउनुपर्दछ। किनभने, विद्यार्थी संगठनहरू ‘पार्टीका क्याडर’ बाट ‘शिक्षाका पहरेदार’ मा रूपान्तरित भए मात्र हाम्रा विश्वविद्यालयले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सचेत जनशक्ति उत्पादन गर्न सक्नेछन्।
देवीप्रसाद सुवेदी
२०८३ वैशाख २४ गते ९:१५
News Summary
Generated by OK AI. Editorially reviewed.
- नेपालका शैक्षिक संस्थाहरू दलीय राजनीतिको चपेटामा परेका छन् जसले प्राज्ञिक स्वतन्त्रता र शैक्षिक गुणस्तरमा नकारात्मक प्रभाव पारेको छ।
- विश्वविद्यालयमा सुरक्षा बलको स्थायी उपस्थिति र दलीय हस्तक्षेपले विद्यार्थीहरूको स्वतन्त्र सोच र लोकतान्त्रिक मूल्य संरक्षणमा चुनौती ल्याएको छ।
- विद्यार्थी राजनीतिलाई दलको झण्डाबाट अलग गरी शैक्षिक गुणस्तर र सामाजिक सचेतनामा केन्द्रित गराउनु आवश्यक रहेको छ।
शैक्षिक संस्थाहरूले ‘असल’ नागरिक निर्माण गर्नुका साथसाथै नयाँ विचार र दृष्टिकोणको जन्म दिन्छन्। ऐतिहासिक रूपमै विश्वविद्यालय र कलेजहरूलाई तर्क, तथ्य र सत्यको खोजी गर्ने ‘ज्ञानको मन्दिर’ अनि ‘विचारको प्रयोगशाला’ मानिंदै आएको छ।