२ भदौ, काठमाडौं। सिस्टम डाउन गरेर खुलेआम घुस खाने कम्पनी रजिस्ट्रारको कार्यालयले दिने सेवा प्रवाहमा ठूलो परिवर्तन भएको छ ।
कार्यालयमा दर नै तोकेर सेवाग्राहीसँग घुस खाने गरिएको र घुसविना कुनै पनि काम नहुने विषयमा अनलाइनखबरले निरन्तर समाचार प्रकाशित गरेपछि कार्यालयले प्रदान गर्ने अधिकांश सेवा "अटोमेटिक" बनाइएको हो।